ad ad

समाज


कोरोना संक्रमणबाट कुन प्रदेशका कति जिल्ला प्रभावित?

कोरोना संक्रमणबाट कुन प्रदेशका कति जिल्ला प्रभावित?

नेपालखबर
जेठ १५, २०७७ बिहिबार ९:३४,

बिहीबार थप १५६ जनामा कोरोना संक्रमण भेटिएसँगै नेपालमा संक्रमितको संख्या १०४२ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्यामन्त्रालयका अनुसार कोरोना संक्रमणबाट नेपालका ५१ जिल्ला प्रभावित भइसकेका छन्।

जसमध्ये सबैभन्दा बढी प्रभावित प्रदेश २ का जिल्लाहरु छन् भने गण्डकी प्रदेशका जिल्लामा हालसम्म देशकै न्यून संक्रमण देखिएको छ।

हालसम्म प्रदेश २ का सबै ८ जिल्लामा ४१५ संक्रमित रहेको मन्त्रालयले जनाएको छ। यस्तै प्रदेश १ का ८ जिल्लामा फैलिएको भाइरसले १२९ जनालाई ग्रस्त बनाइसकेको छ।

यस्तै बाग्मतीका १२ जिल्लामा ४४ जनालाई, गण्डकीका ४ जिल्ला १७ जनालाई, प्रदेश ५ का ९ जिल्ला ३६९ जनालाई, कर्णाली ३ जिल्लामा ४७ जनालाई र सुदूरपश्चिममा ७ जिल्ला २१ जनालाई कोरोना संक्रमण देखिएको छ।

बिहीबारमात्रै आजसम्मकै धेरै
बिहीबार नेपालमा एकैदिमका सबैभन्दा बढी संक्रमित देखिएका छन्। १५६ जना नयाँ संक्रमित भेटिएसँगै नेपालमा संक्रमितको संख्या १०४२ पुगेको हो। जसमा पुरुष ९४० जना र महिला १०२ जना छन्।

पछिल्लो २४ घण्टामा पुष्टि भएकामध्ये विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सप्तरीका ३२ र ४७ वर्षका २ जना पुरुष छन्।

कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा झापाका २५ जना पोजिटिभ देखिएका छन। उनीहरु १६ देखि ४२ वर्षका उमेरका छन।

भरतपुर अस्पतालमा गरिएको परीक्षणमा नवलपुलका एकजना १९ वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको छ।

काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ७७ जनाको पोजिटिभ आएको छ। उनीहरु धनुषाका २९ जना, महोत्तरीका १७ जना, रौतहटका ३ जना, सप्तरीका १२ जना, सर्लाहीका ७ जना, सिरहाका ६ जना, दोलखाका २ जना, सोलुखम्बुका १ जना छन्।

यस्तै सुर्खेतको प्रयोगशालामा गरीएको परीक्षणमा २३ जना संक्रमित भेटिएका छन्। बझाङको एक जना, सुर्खेतका १३ जना, एकजना बोल्न नसक्ने महिला, दैलेखका ८ जना छन्।

प्रादेशिक प्रयोगशाला गण्डकीमा गरीएको परीक्षणमा स्याङ्जाका ३ जनाको पोजिटिभ आएको छ। सेती अस्पतालमा गरिएको प्रयोगशालामा दार्चुलाका एक र कैलालीका दुई गरि तीनजनाको रिपोर्ट पोजिटिभ आएको छ।

यस्तै किटजन्य प्रयोगशाला हेटौडामा हेटौडाकै एकजना, भेरी अस्पतालमा ४ जनामा पोजिटिभ देखिएको छ। उनीहरु बर्दियाका ३ र नेपालगञ्जका एक जना छन।

यस्तै धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा रौतहटका १७ जनामा पोजिटिभ आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .