समाज


३ महिनामा सर्पदंशबाट ३९ जनाको मृत्यु

३ महिनामा सर्पदंशबाट ३९ जनाको मृत्यु

नेपालखबर
साउन २, २०८३ शनिबार ६:२३, काठमाडौँ

पछिल्लो तीन महिनामा मुलुकभर भएका विपद्का घटनामा १ सय ६३ जनाको मृत्यु भएको छ। 

यसअवधिमा भएका तीन हजार ३४७ विपद्का घटना भएका विपद्का घटनामा १ सय ६३ जनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। 

विपद्का घटनामा परेर ९७२ जना घाइते भएका छन्। विपद्बाट चार हजार ४७३ घर परिवार प्रभावित बनेका प्राधिकरणले जनाएको छ। 

प्राधिकरणका अनुसार गत वैशाख १ गतेदेखि आजसम्म सबैभन्दा बढी सर्पदंशका घटना भएका छन् । सर्पदंशका कारण ३९ जनाको मृत्यु भएको छ। 

यस्तै चटयाङ्बाट २५, लोक लागेर २१, आगलागी र जनावरको आक्रणबाट १७÷१७, हुरीबतासबाट १३, पहिरोबाट १२, बाढीबाट १० र भारी वर्षाका कारण चार जनाको मृत्यु भएको छ। 

पछिल्लो २४ घण्टामा मात्रै ४५ विपद्का घटनामा परी तीन जनाको मृत्यु तथा २५ जना घाइते भएका छन् । विपद्बाट रु १२ लाख २७ हजार बराबरको क्षति भएको प्राधिरणले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad