समाज


जनजाति विद्यार्थीको दुर्व्यवहारपछि मन्त्री पण्डित बैठक नै छाडेर निस्किए

जनजाति विद्यार्थीको दुर्व्यवहारपछि मन्त्री पण्डित बैठक नै छाडेर निस्किए

नेपालखबर
असार २७, २०७६ शुक्रबार ६:५१,

 ललितपुरमा एक सार्वजनिक कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितमाथि दुर्व्यवहार भएको छ।

 शुक्रबार बिहान आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको १९ औं सञ्चालक परिषदको बैठकको अध्यक्षता गर्नका लागि ललितपुरको जावलाखेल पुगेका मन्त्री पण्डितमाथि कार्यक्रम स्थलमै आदिवासी जनजाति युवा विद्यार्थीको एक समूहले दुर्व्यवहार गरेको हो।

लोकसेवा आयोगको विज्ञापनलाई लिएर मन्त्री पण्डितमाथि दुर्व्यवहार गरिएको बताइएको छ।

बैठक जारी रहेकै समयमा विद्यार्थीहरुको सो समूहले लालबाबु पण्डित राजीनामा दे, लोकसेवाको विज्ञापन खारेज गर् लगायतका नारा लगाउँदै कार्यक्रम स्थलमै प्रवेश गरेर कालो झण्डा समेत देखाएका थिए।

उनीहरुले मन्त्री पण्डितमाथि दुव्र्यवहार गर्न खोजीपछि उनका अंगरक्षकले उनलाई जोगएर मन्त्री क्वाटरमा लगेका थिए। मन्त्रीमाथि दुव्र्यवहर भएपछि बैठक स्थगित गरेको आयोजकले जानकारी दिए।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी रवीन्द्रसिंह घानुक मन्त्रीमाथि कालो झण्डा देखाउने काम भएको बताए। उनले केहीबेरको प्रदर्शनपछि उनीहरु तितरबितर भएको र कालो झण्डा देखाउनेहरुको खोजी भइरहेको जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad