समाज


सिंहदरबारको पूर्वतर्फको पर्खाल भत्कियो, एक घाइते

सिंहदरबारको पूर्वतर्फको पर्खाल भत्कियो, एक घाइते

नेपालखबर
असार २७, २०७६ शुक्रबार ६:३५,

लगातारको वर्षाले सिंहदरबारको पूर्वी गेट अगाडिको पर्खाल भत्किएको छ।

शुक्रबार बिहान सो पर्खाल भत्किएको हो। पर्खाल ढल्दा एक जना घाइते बनेको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ। घाइतेको अवस्था सामान्य रहेको छ।

पर्खाल भत्एिकपछि अहिले सो क्षेत्रमा सावारी आवागमनमा अवरोध भएको छ।

अहिले पर्खाल ढलेपछि थुप्रिएको इँटा, माटो पन्छाउने काम भइहरहेको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ।

तीनदिनदेखि निरन्तर रुपमा परेको वर्षाले देशैभरको जनजीवन प्रभावित बनेको छ। कतिपय ठाउँमा बाढी र पहिरोको सम्भावना रहेको भन्दै सर्वसाधरणमा सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad