समाज


सिमखोलाको बाढीले बगाएको स्कुटर १ सय मिटर तल भेटियो, भेटिएनन् चालक

सिमखोलाको बाढीले बगाएको स्कुटर १ सय मिटर तल भेटियो, भेटिएनन् चालक

नेपालखबर
असार ३०, २०८३ मंगलबार १०:५४, हेटौँडा

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित सिमखोलामा आएको बाढीले बगाएको स्कुटर फेला परेको छ।

बाढीमा बेपत्ता भएको बा.प्रदेश–०२–०३२ प ८०५४ नम्बरको स्कुटर घटनास्थलबाट करिब १ सय मिटर तल फेला परेको हो।

सोमबार (हिजो) दिउँसो करिब ३ बजे अचानक आएको बाढीले स्कुटरसहित चालकलाई बगाएको थियो।

घटनालगत्तै नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त टोली परिचालन गरी खोज तथा उद्धार कार्य सुरु गरिएको थियो। खोजीको क्रममा आज बिहान स्कुटर घटनास्थलबाट करिब १ सय मिटर तल खोलाको दहमा फेला परेको हो।

तर स्कुटी चालक अझै बेपत्ता छन्। उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। 

नदीको बहाव, बाढीले बगाएर ल्याएको लेदो तथा ढुंगाका कारण खोजी अभियानमा कठिनाइ भइरहेको भए पनि सुरक्षाकर्मीले सम्भावित क्षेत्रमा निरन्तर खोजी गरिरहेका छन्।

स्थानीय बासिन्दासमेत खोजी कार्यमा सहयोग गरिरहेका छन्। प्रहरीका अनुसार चालकको अवस्था खुल्न बाँकी रहेको छ भने खोजी तथा उद्धार अभियानलाई थप प्रभावकारी बनाउन आवश्यक जनशक्ति परिचालन गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad