ad ad

समाज


साँखुकी मृतक महिलाको पीसीआर रिपोर्ट नेगेटिभ

साँखुकी मृतक महिलाको पीसीआर रिपोर्ट नेगेटिभ

नेपालखबर
जेठ १४, २०७७ बुधबार ८:३५,

सोमबार मृत्यु भएकी चितवन खैरहनी नगरपालिका–१ की २० वर्षीया महिलाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ।

गत वैशाख १२ गते कञ्चनपुरबाट साँखु आफन्तकामा आएकी ती महिलालाई शंखरापुर नगरपालिका इन्द्रेणीको क्वारेन्टिनमा केही दिन राखिएको थियो। क्वारेन्टिनबाट निक्लिएपछि उनको सोमबार मृत्यु भएको थियो।

मृतक महिलाको स्वाब परीक्षणका लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पठाइएको शंखरापुर नगरपालिकाका स्वास्थ्य संयोजक विष्णुप्रसाद चापागाईंले बताए।

उनका अनुसार ती महिलाको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। शव परीक्षणपछि उनका श्रीमान्लाई जिम्मा लगाइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .