ad ad

समाज


भारतीय पत्रकार अर्नब गोस्वामीविरूद्ध परेको आत्महत्या दुरूत्साहन मुद्दाको अनुसन्धान फेरि हुने

भारतीय पत्रकार अर्नब गोस्वामीविरूद्ध परेको आत्महत्या दुरूत्साहन मुद्दाको अनुसन्धान फेरि हुने

नेपालखबर
जेठ १४, २०७७ बुधबार ८:१३,

महाराष्ट्र सरकारले मंगलबार आफ्नो राज्यको अपराध अनुसन्धान विभागले अर्नब गोस्वामीविरुद्ध परेको आत्महत्या दुरुत्साहन मुद्दाको अनुसन्धान फेरि हुने घोषणा गरेको हो।

सन् २०१८ मा गोस्वामीसँगै अन्य दुई व्यक्तिमाथि आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता भएको थियो। गतवर्ष राइगढ प्रहरीले यस मुद्दामा प्रमाण नपुगेको अनुसन्धान बन्द गरेको थियो।

मुम्बइस्थित राइगढ जिल्लाको अलिबागमा सन् २०१८ को मेमा अनभे नायक र उनका आमा कुमुद नायक घरमै मृत फेला परेका थिए।

उनीहरुको सुसाइड नोटमा अर्नब गोस्वामीको स्वामित्वमा रहेका कम्पनी लगायत अन्य कम्पनीले साढे पाँच करोड नतिरेको भन्दै आत्महत्या गरेको उल्लेख गरेका थिए।

महाराष्ट्र सरकारले अनभे नायककी छोरीको नयाँ उजुरीपछि गोस्वामीविरुद्ध पुनः अनुसन्धान हुने जनाएको छ।

अनभे नायककी छोरीले गोस्वामीसँग सम्बन्धित ८३ लाखको पाटो अनुसन्धान नै नभएको बताएकी छिन्। इन्डियन एक्सप्रेस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .