ad ad

समाज


आज यी स्थानमा चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना

आज यी स्थानमा चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना

नेपालखबर
जेठ १४, २०७७ बुधबार ०:४३,

यतिबेला (बुधबार बिहान) पहाडी भेगमा आंशिक बदली छ भने देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

तर दिउँसोपछि पूर्वी क्षेत्र तथा मध्य पहाडका केही स्थान र पश्चिमी पहाडका थोरै ठाउँमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

यस्तै राति पनि पूर्वी तथा मध्य क्षेत्रका केही स्थानका साथै पश्चिमका एक-दुई ठाउँमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बुधबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।

महाशाखाका अनुसार हाल नेपालको पूर्वी भूभागनजिकै निम्न चापीय प्रणाली छ भने स्थानीय वायुको पनि प्रभाव छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .