ad ad

छापा खबर


नेपाली फिल्म उद्योगमा अश्लील भिडियो आतंक

नेपाली फिल्म उद्योगमा अश्लील भिडियो आतंक

नेपालखबर
जेठ १४, २०७७ बुधबार ०:४२,

केही नेपाली नायिकाहरुको नक्कली अश्लील भिडियो सार्वजनिक भएपछि फिल्म उद्योग नै आतंकित बनेको छ।

चर्चित अनुहारलाई विदेशी पोर्न भिडियोको शरीरसँग जोडेर सार्वजनिक भएका यस्ता भिडियोको कारण नेपाली कलाकार तनावमा छन्। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा अनन्त वाग्लेले लेखेका छन्।

यो कार्य गर्नेलाई तत्काल कारबाही गर्न माग गर्दै मंगलबार नेपाल चलचित्र कलाकार संघले महानगरीय अपराध महाशाखा टेकुमा उजुरी दिइएको छ। पीडित एक नायिकाले सोमबार नै महाशाखामा उजुरी दिएकी थिइन्।

भारतले नेपालको सीमा मिचेको विषयमा नायिका मनीषा कोइराला र वर्षा राउतले दिएको अभिव्यक्ति चर्चामा रहेकै बेला नेपाली नायिकाहरुलाई बदनाम गराउने उद्देश्यले यस्तो भिडियो सार्वजनिक भएको हुनसक्ने कलाकारहरुको ठम्याई छ।

भिडियोमा नायिकाको भिडियो ह्याक गरी सार्वजनिक गरेको सूचना पनि दिइएको छ।

नेपाल र भारतबीचको सीमा विवादका कारण दुई देशका ह्याकरबीच साइबर आक्रमणको होडबाजी चलिरहेको बेला दुई नेपाली नायिकाको नक्कली पोर्न मिडियो सार्वजनिक भएको हो।

संघका अध्यक्ष रवीन्द्र खड्काले दर्ता गरेको उजुरीमा भनिएको छ, ‘विगत केही दिनदेखि प्रविधिको चरम दुरुपयोग गर्दै नेपाली चलचित्रसँग सम्बन्धित कलाकारको नक्कली अश्लील भिडियो बनाएर विभिन्न माध्यमबाट सार्वजनिक गर्ने क्रम बढेको छ। कलाकारकाका बारेमा भ्रम सिर्जना गरी चरित्र हत्या गर्ने दुष्प्रयास भएकाले यथाशीघ्र यसको छानविन गरी दोषीलाई कडा कारबाहीको माग गर्छौं।’

एक पोर्न साइटमा दुई नायिकाको फेक पोर्न भिडियो सार्वजनिक भएपछि कला क्षेत्रमा आतंक मच्चिएको हो।

यी फेक भिडियो सार्वजनिक भएसँगै एक दर्जन अन्य नायिकाको पोर्न भिडियो सार्वजनिक हुने हल्ला फैलिएपछि कला क्षेत्रमा आतंक मच्चिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .