नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणि चापागाईंले आफ्नो पदबाट राजीनामा दिएका छन्। सोमबार अर्थमन्त्री डा स्वर्णिम वाग्लेसमक्ष उनले राजीनामा बुझाएका हुन्।
सीईओ चापागाईंले बुझाएको राजीनामा पत्रमा व्यक्तिगत कारणले पदबाट राजीनामा दिनुपरेको उल्लेख भएको अर्थ मन्त्रालयले जनाएको छ।
उनको राजीनामा सोमबार नै स्वीकृत भएको छ। सरकारले एक हजार ५ सय बढी राजनीतिक नियुक्त पाएकाहरूलाई अध्यादेश ल्याएर पदमुक्त गराउँदा उनी भने जोगिएका थिए।

प्रतिक्रिया