समाज


दक्षिण कोरियाद्वारा मधुमेहका ३१ औषधिमा प्रतिबन्ध

दक्षिण कोरियाद्वारा मधुमेहका ३१ औषधिमा प्रतिबन्ध

नेपालखबर
जेठ १३, २०७७ मंगलबार १२:४२,

दक्षिण कोरियाले बजारमा रहेका विभिन्न ३१ प्रकारका मधुमेहका औषधि उत्पादन तथा बिक्रीमा प्रतिबन्ध लगाएको छ।

कोरियाको जनस्वास्थ्य निकायले मंगलबार दिएको जानकारी अनुसार ‘कार्सिनोजिन’ को मात्रा रहेको र यसको प्रयोगले क्यान्सरको जोखिम रहने अनुसन्धानको निष्कर्षपछि ती औषधि उत्पादन तथा बिक्रीलाई प्रतिबन्धित गरिएको हो ।

ती सबै मेटफर्मिनमा आधारित औषधि हुन्। यी सबै टाइप–२ को बिरामी अर्थात वयस्क विरामीहरूका लागि सिफारिस हुने औषधि हुन्।

कोरियाली खाद्य तथा औषधि सुरक्षा मन्त्रालयले मधुमेहका लागि प्रयोग हुने अन्य २५७ औषधिहरूमा पनि ‘कार्सिनोजिन’ को मात्रा भए नभएको परीक्षण भइरहेको बताएको छ।

‘परीक्षण भएकामध्ये ३१ औषधिमा एन–नाइट्रोसोडियम थाइलामाइनको मात्रा अनुमति दिइएको भन्दा बढी भएको पाइएको छ,’ मन्त्रालयले भनेको छ।

औषधिजन्य उक्त पदार्थको मात्रा निकै थोरै भएकोले यसका कारण विगतमा औषधि सेवन गर्ने विरामीको स्वास्थ्यमा भने समस्या नहुने बताइएको छ।

प्रतिबन्धित गरिएका यी औषधिको सेवन गर्ने बिरामीको संख्या हाल कोरियामा दुई लाख ६० हजार रहेको उल्लेख गरिएको छ।

जेडब्ल्यू फर्मा, हुटेक्स कोरिया र हान्मी फार्ममा उत्पादित ग्याडमेट, गल्लेस–एम र ग्लाइमफोल चक्कीहरूजस्ता प्रतिबन्धित औषधिहरूमा ‘कार्सिनोजिन’को मात्रा बढी भेटिएको हो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .