समाज


लकडाउनमा दैनिक तस्करी, मुख्य सामान मदिरा र सुर्ती

लकडाउनमा दैनिक तस्करी, मुख्य सामान मदिरा र सुर्ती

नेपालखबर
जेठ १३, २०७७ मंगलबार १०:१८,

कोरोना भाइरस नियन्त्रणका लागि लकडाउन भइरहँदा सप्तरीमा अवैध समानको चोरी तस्करी मौलाएको छ। एक सातादेखि दैनिकजसो अवैध सामान बरामद गरिरहेको सप्तरी प्रहरीले आज पनि साइकल र मोटरसाइकलमा ओसारिरहेको अवस्थामा मदिरा तथा सुर्तीजन्य पदार्थ बरामद गरेको छ।

सप्तरी प्रहरीका अनुसार आज बिहान तिलाठी कोइलाडी गाउँपालिका–६ मधेपुराबाट दुई साइकलमा लैजाँदै गरेको ६० लिटर घरेलु मदिरा बरामद गरिएको छ। प्रहरी चौकी बर्साइन सप्तरीबाट खटिएको टोलीले बरामद गरेको मदिरा नियन्त्रणमा लिई नष्ट गरेको जनाएको छ।

यसैगरी महदेवा गाउँपालिका–१ कजौली टोलबाट प्रहरी चौकी पकरीको गस्ती टोलीले तीनवटा साइकलमा ल्याउँदै गरेको रु ३२ हजार मूल्य बराबरको चार बोरा खैनी बरामद गरेको छ।

कञ्चनरुप नगरपालिका–२ बाट इलाका प्रहरी कार्यालय कञ्चनपुरको प्रहरी गस्ती टोलीले २० पोका पायल छाप खैनीसहित स३प ६९६ नंको मोटरसाइकल नियन्त्रणमा लिएको छ। राजविराज नगरपालिका– ९ बाट आज वडा प्रहरी कार्यालय राजविराजको प्रहरी गस्ती टोलीले करिब रु २२ हजार मूल्य बराबरको ४५–४५ प्याकेट राजनिवास र तुलसी नियन्त्रणमा लिएको छ।

विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि सरकारद्वारा जारी गरिएको बन्दाबन्दी कार्यान्वयन गराउने उद्देश्यले प्रहरी गस्ती टोली व्यापकरूपमा परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए। प्रहरी गस्ती टोलीको परिचालनका कारण भारतबाट नेपाल र नेपालबाट भारततर्फ ओसारिरहेको अवस्थामा अवैध सामान नियन्त्रणमा लिइएको उनले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad