अगष्टको अन्तिम महिनाबाट फिलिपिन्सका शैक्षिक संस्थाहरु खुल्ने बताइएको थियो। तर खोप उपलब्ध नभइन्जेल विद्यार्थीहरुलाई शैक्षिक संस्था जानबाट बन्चित गरिने डुटेर्तेले बताएको च्यानल न्युज एसियाले जनाएको छ।
शैक्षिक संस्था सुचारु गर्दा कोरोना संक्रमणको खतरा हुने भएकाले कोरोनाको खोप उपलब्ध नभएसम्म शैक्षिक संस्था नखुलाइने बताइएको छ।
फिलिपिन्समा हालसम्म १४ हजारभन्दा बढीमा कोरोनाको संक्रमण पुष्टि भएको छ। त्यहाँ ८ सयभन्दा बढीको मृत्यु भएको छ। एजेन्सी

प्रतिक्रिया