समाज


स्याङ्जामा पनि देखियो कोरोना, भारतबाट आएर क्वारेन्टिनमा बसेका दुई पुरुष संक्रमित

स्याङ्जामा पनि देखियो कोरोना, भारतबाट आएर क्वारेन्टिनमा बसेका दुई पुरुष संक्रमित

वाशुदेव मिश्र
जेठ १३, २०७७ मंगलबार ८:३६,

गण्डकी प्रदेशको स्याङ्जा जिल्लामा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

भारतबाट आएर वालिङको क्वारेन्टिन बसेका दुई पुरुषलाई संक्रमण देखिएको हो।

उनीहरुको सोमबार पोखरामा स्वाब परीक्षण गरिँदा पोजेटिभ देखिएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी ध्रुव गिरीले बताए। अहिले उनीहरुलाई आइसोलेसन वार्डमा सारिएको प्रजिअ गिरीले जानकारी दिए।

प्रजिअ गिरीका अनुसार संक्रमितहरु वालिङ नगरपालिका–७, निवासी २० र २९ वर्षीय पुरुष रहेकाे र  उनीहरु जिल्ला अस्पताल स्याङ्जाको कोरोना आइसोलेशन कक्षमा चिकित्सकको प्रत्यक्ष निगरानीमा छ्न्।

 संक्रमितहरु यही जेठ १० गते भारतबाट वालिङ आएका थिए। उनीहरूलाई वालिङ नगरपालिकाको खेलमैदानमा रहेको क्वारेन्टिनमा राखिएको थियो।

उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानले यसको जानकारी मंगलबारको नियमित पत्रकार सम्मेलनमा गराउने गरी तयारी गरिरहेको छ।

प्रतिष्ठानका निर्देशक विनोदबिन्दु शर्माका अनुसार हालसम्म स्याङ्जा जिल्लाबाट १७० जनाको स्वाब परीक्षण लागि पोखरा ल्याइएको छ।

बागलुङमा पोजेटिभ देखिएका दुईजना निको भएपछि गण्डकी कोरोनामुक्त भएको यहाँका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्ले बताएका थिए।त्यस लगत्तै नवलपुरमा पनि २ जना र लमजुङमा एक जनलाई कोरोना संक्रमण देखिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad