सरकारले जारी गरेको लकडाउनको आज ६४ दिन पुगेको छ। कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गते यता देशभर लकडाउन जारी गरेको छ।
सरकारले जेठ २० गते सम्मका लाग लकडाउनको समय तोकेको छ। पछिल्लो समय संक्रमितको संख्या बढ्दै गएपछि सरकारले लकडाउनलाई थप कडाई गरेको छ। उपत्यकाका मुख्य सडकहरुमा अत्यावस्यक सवारी साधन, सञ्चार माध्यमका सवारी साधन, स्वाथ्यकर्मीका सवारीसाधन बाहेकका सवारी साधनको आवागमन देखिदैन।
सुरक्षाकर्मीले ठाउँठाउँमा बसेर सवारीसाधनको जाँचलाई कडाई गरेको छ। अत्यावस्यक सेवा र सवारी पास नलिई सवारी चलाउनेलाई नियन्त्रणमा लिई कारबाही गरेको देखिन्छ।
यस्तै, भित्रि सडक छेउमा रहेका खाद्यान्न तथा तरकारीका पसलहरु बिहान बेलुका खुल्ने गरेका छन्। मानिसहरु आफ्नो घर नजिकको पसलसम्म पुगेर किनमेल गर्ने गरेका छन्।
लकडाउन लम्बिँदै जाँदा जनजीवन थप कष्टकर बन्दै गएकाे छ भने पछिल्ला दिनमा काेराेना संक्रमणसमेत फैलँदै गएकाे छ।
Shares

प्रतिक्रिया