ad ad

समाज


लागुऔषध कारोबारीमाथि प्रहरीद्वारा गोली प्रहार, एक किशोरको मृत्यु

लागुऔषध कारोबारीमाथि प्रहरीद्वारा गोली प्रहार, एक किशोरको मृत्यु

नेपालखबर
जेठ १२, २०७७ सोमबार ४:२६,

महोत्तरीको रामगोपालपुर नगरपालिका-७ सहसौलामा गएराति प्रहरीको गोली लागेर एक किशोरको मृत्यु भएको छ। मृतक १६ वर्षीय किशोर लागुऔषध कारोबारी भएको प्रहरीको दाबी छ।

मृत्यु हुनेमा रामगोपालपुर-७ निवासी सुरेन्द्र यादवका छोरा १६ वर्षीय राजन यादव रहेका महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए। प्रहरीले मृतक किशोरका बुवा ५० वर्षीय सुरेन्द्र यादव र सोही ठाउँका २७ वर्षीय राहुल यादवलाई पक्राउ गरेको छ।

जारी लकडाउनका बेला पनि ठूलो मात्रामा लागुऔषध कारोबार गरेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिगएको सादा पोशाकका प्रहरी र लागुऔषध कारोबारीबीच रामगोपालपुर ७ स्थित सडकमा राति करीब ८ बजेतिर झडप भएको थियो।

चारैतिरबाट घेरा हाली लागुऔषध कारोबारीले आक्रमण गर्न थालेपछि प्रहरीले आत्मरक्षाका लागि गोली चलाउँदा किशोरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। किशोरमाथि ६ राउण्ड गोली लागेको छ।

घटनास्थलबाट केही मात्रामा लागुऔषध नाइट्रोभेट बरामद गरिएको प्रहरीको भनाई छ। झडपमा प्रहरी हवल्दार सञ्जीव पासवान तथा प्रहरी जवान रामविहारी पासवान, मनोज साह र लालबाबु यादव घाइते भएका छन्। उनीहरुको उपचार जिल्ला अस्पताल जलेश्वरमा भइरहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .