पर्साको वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको आइसोलेसनमा रहेका एकै परिवारका एक शिशुसहित १८ जना एकैसाथ निको भएका छन्।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायका अनुसार कोरोना संक्रमण देखिएपछि अस्पतालमा भर्ना भएका ४ महिने बालकसहित १८ जना निको भएर घर फर्किएका हुन्।
उनीहरूलाई आइतबार राति डिस्चार्ज गरिएको नारायणी अस्पतालले जनाएको छ।
कोरोना निको भएर घर फर्किने सबै १८ जना वीरगञ्जको छपकैया निवासी एकै परिवारका हुन्। डिस्चार्ज हुनेमा ११ पुरुष र ७ महिला छन्। उनीहरुलाई आइतबार राति ११ बजे फूलमालासहित अस्पतालबाट घर पठाइएको हो।
गत वैशाख २१ गते छपकैयाका एक जना पुरुषमा कोरोना संक्रमण देखिएपछि उनको परिवारका थप १७ जनाकाे स्वाब परीक्षण गर्दा गत वैशाख २४ गते कोरोना संक्रमण पुष्टि भएको थियो।
3
Shares
प्रतिक्रिया