ad ad

छापा खबर


नेपालमा संक्रमण दर उच्च : एक सातामै थपिए ३ सय १३ संक्रमित

नेपालमा संक्रमण दर उच्च : एक सातामै थपिए ३ सय १३ संक्रमित

नेपालखबर
जेठ १२, २०७७ सोमबार ४:३४,

पछिल्लो एक सातायता कोरोना भाइरस संक्रमण दर उच्च रूपमा बढेको छ।

५ जेठदेखि ११ जेठसम्मको अवधिमा तीन महिनायताकै संक्रमण दर उच्च देखिएको खबर आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन्। एक साताको अवधिमा ३ सय १३ जना संक्रमित थपिएका छन्।

नेपालमा १० माघ २०७७ मा पहिलोपटक ३२ वर्षीय युवकमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएदेखि ४ जेठसम्म संक्रमितको संख्या २ सय ९५ रहेको थियो।

गत ५ जेठमा ८० जना, ६ जेठमा २७ जना, ७ जेठमा २५, आठ जेठमा ३०, ९ जेठमा ५९, १० जेठमा ६८ र आइतबार २४ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ । जनस्वास्थ्य विज्ञहरूले परीक्षणको दायरा केही बढाइएकाले संक्रमण दर बढेको बताएका छन्।

संक्रमितमध्ये अहिलेसम्म तीन जनाको निधन भएको छ । नेपालमा संक्रमित पुष्टि भएको चार महिनाको अवधिमा कोरोना भाइरस संक्रमितको संख्या ६ सय आठ पुगेको छ । संक्रमितमध्ये ५ सय २९ पुरुष र ७९ जना महिला रहेका छन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाका अनुसार ५ सय १३ जना आइसोलेसनमा उपचाररत छन् । उपचाररत सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभर ३९ हजार ८ सय ४ जना क्वारेन्टाइनमा बसेका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा बढी बाँके जिल्लामा १ सय ४२ जनामा संक्रमण देखिएको छ । पर्सामा ९४ जना संक्रमित फेला परेका छन्।

रूपन्देहीमा ४३, उदयपुरमा ३३, झापामा ३५, सर्लाहीमा ३५ र रौतहटमा २३ जनामा संक्रमण देखिएको छ । यस्तै, काठमाडौंमा १२, चितवन, भक्तपुर र नवलपरासीमा ६ तथा दाङमा पाँच जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .