सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ किप्चेका आठ वर्षीय बालक आयुष स्याङ्बो तामाङको भरुवा बन्दुकको गाली लागेर ज्यान गएको छ।
आइतबार दिउँसो सोही ठाउँका अर्का १२ वर्षका बालकले आफ्नै घरमा लोड गरिराखेको भरुवा बन्दुक झिकी घरको पिँढीमा सँगै खेल्ने क्रममा अचानक भरुवा बन्दुक पड्किँदा बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
बालकको पेटमा गोली लागेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधव काफ्लेले जानकारी दिए। घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएके छ।
प्रतिक्रिया