ad ad

राजनीति


विविधता भित्रको एकता नै हाम्रो विशेषता : प्रचण्ड

विविधता भित्रको एकता नै हाम्रो विशेषता : प्रचण्ड

नेपालखबर
जेठ १२, २०७७ सोमबार २:४८,

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले मुसिलम समुदायको महान् पर्व ईदुल फित्र (ईद) का अवसरमा शुभकामना व्यक्त गरेका छन्।

प्रचण्डले सोमबार बिहान शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली मुस्लिम दिदीबहिनी तथा दाजुभाइहरुमा शुभकामना व्यक्त गरेका हुन्।

‘नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक मुलुक हो,’ प्रचण्डको शुभकामना सन्देशमा भनिएको छ, ‘विविधता भित्रको एकता नै हाम्रो मौलिक विशेषता र पहिचान हो।’

बहुधर्म र संस्कृतिले नै नेपाली समाजलाई पारस्पारिक सम्मान, सहिष्णुता र सद्भावसहित अगाडि बढ्न अभिप्रेरित गर्ने प्रचण्डको शुभकामना सन्देशमा उल्लेख छ।

100090205 1178249209196507 3033434430778638336 n

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .