समाज


अब अनलाइन मिडियाले दर्ता प्रमाणपत्रको ‘हार्डकपी’ नपाउने

अब अनलाइन मिडियाले दर्ता प्रमाणपत्रको ‘हार्डकपी’ नपाउने

नेपालखबर
असार २, २०८३ मंगलबार १८:३१, काठमाडौँ

अनलाइन सञ्चारमाध्यमहरूले दर्ताको प्रमाणपत्र भौतिकरूपमा नपाउने भएका छन्।

सूचना तथा प्रसारण विभागले आज (मंगलबार) सूचना जारी गर्दै अनलाइन सञ्चारमाध्यम दर्ता, नवीकरण र विवरण परिवर्तनको प्रमाणपत्रको ‘हार्डकपी’ उपलब्ध नगराइने जनाएको हो।

‘२०८३ असार १ गतेदेखि लागु हुने गरी अनलाइन सञ्चारमाध्यमको दर्ता नवीकरणको सम्पूर्ण सेवा तथा संस्था, सञ्चालक, सम्पादक परिवर्तन लगायतका विवरण परिवर्तन समेत अनलाइन प्रणालीमा आबद्ध गरी दर्ता नवीकरण/विवरण परिवर्तनको प्रमाणपत्रको डिजिटल कपी सञ्चालकले निवेदन पेस गरेको प्रणालीबाटै उपलब्ध हुने व्यवस्था गरी हार्डकपी उपलब्ध नगराइने व्यहोरा निर्णयानुसार सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ,’ सूचनामा उल्लेख छ।

हेर्नुहोस् सूचना

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad