ad ad

समाज


कोरोना असरः डिल्लीबजार कारागारभित्र भयाे झडप

कोरोना असरः डिल्लीबजार कारागारभित्र भयाे झडप

नेपालखबर
जेठ ११, २०७७ आइतबार ५:१६,

काठमाडौंको डिल्लीबजारस्थित कारागारभित्र आज (आइतबार) बिहान झडप भएको छ।

कारागारमा चौकीदार रहेका गोकुल गिरी र अन्य कैदीबीच झडप भएको हो। त्यस क्रममा घाइते भएका एक कैदीलाई उपचारका लागि वीर अस्पताल लगिएको छ।

उधारोमा खान नदिएको विषयमा चौकीदार गिरीसँग विवाद हुँदा झडप भएको कारागार विभागका महानिर्देशक प्रदीपराज कँडेलले नेपालखबरलाई जानकारी दिए।

उनका अनुसार पहिले बाहिरबाट पैसा तथा खाना मगाएर खानेहरूले काेराेना महामारीका कारण अहिले भित्र लान नपाएपछि उधारोमा खानेकुरा दिन भन्दा विवाद भएको हो।

कारागारभित्रको खाना गुणस्तरीय नभएको भनेपछि उनीहरूबीच विवाद भएकाे थियाे।

यस विषयमा अहिले कारागार विभागका महानिर्देशक र काठमाडौं प्रहरी परिसरको टोलीले छलफल गराउने प्रयास गरिरहेको एसपी सोमेन्द्रसिंह राठौरले नेपालखबरसँग बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .