ad ad

राजनीति


उपप्रधानमन्त्री पोखरेललाई गगन थापाको प्रश्नः आरडीटी कसको स्वार्थमा, किन?

उपप्रधानमन्त्री पोखरेललाई गगन थापाको प्रश्नः आरडीटी कसको स्वार्थमा, किन?

नेपालखबर
जेठ ११, २०७७ आइतबार ५:४७,

सांसद गगन थापाले अहिले सरकारले गरिरहेको र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी परीक्षण किन र कसका लागि गरिरहेको हो भनी प्रश्न उठाएका छन्।

मानिसमा कुनै बेला कोरोना संक्रमण भएको थियो कि थिएन र त्यसका कुनै लक्षण छ कि छैन भनी तीब्ररुपमा परीक्षण र नतिजा दिने सो बिधिले कोरोना परीक्षणबारे धेरै अन्यौल सिर्जना गरेको भनी बहस सुरु भइरहेका बेला थापाले सो प्रश्न उठाएका हुन्।

‘आरडीटीको क्षमता,विश्वसनीयता र गुणस्तरमा प्रश्न उठिरहेको र विज्ञ तथा सरोकारवालाले समेत यो उपयुक्त नभएको भनिरहेका बेला सरकारको आरडीटीमा देखिएको जोडबल केका लागिरु कसका लागिरु इश्वर पोखरले कसैको निहित स्वार्थको लागि जनस्वास्थ्यमा खेलबाड नगरियोस्। पीसीआर परीक्षणको गति र दायरा व्यापक बढाइयोस्,’ प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता थापाले आइतबार सामाजिक सञ्जालमा लेखेका छन्। 

याे पनि: 
आरडीटी आतंकः पोजिटिभ देखिएका त्रिशूली र गंगालाल अस्पतालका ९ जनाको पीसीआर नेगेटिभ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .