कारोबार


दीपक भट्ट र सुलभ अग्रवालसहित चार जनाविरुद्ध बैंकिङ कसुरमा मुद्दा दर्ता, ४२ करोड बिगो

दीपक भट्ट र सुलभ अग्रवालसहित चार जनाविरुद्ध बैंकिङ कसुरमा मुद्दा दर्ता, ४२ करोड बिगो

नेपालखबर
जेठ २८, २०८३ बिहिबार १८:५, काठमाडौँ

विशेष अदालतले व्यवसायी दीपक भट्टसहित चार जनाविरुद्ध बैंकिङ कसुरमा मुद्दा दर्ता गरेको छ। 

उच्च अदालत पाटनको वाणिज्य इजलासमा बिहीबार दर्ता गरिएको मुद्दामा भट्टसँगै सुलभ अग्रवाल, शाहिल अग्रवाल र शंकरलाल अग्रवाललाई प्रतिवादी बनाइएको छ। 

उनीहरुविरुद्ध ४२ करोड १४ लाख ८८ हजार ८०७ रुपैयाँ बिगो कायम गरिएको छ। उनीहरुविरुद्ध बिमा सम्बन्धी कसुर, सम्पत्ति शुद्धीकरण र धितोपत्र सम्बन्धी कसुरमा पनि मुद्दा दायर गर्ने तयारी भएको छ। 

यी विषयमा पनि सीआईबी र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान सकेर सरकारी वकिललाई प्रतिवेदन बुझाइसकेका छन्।

भट्ट र सुलभ अग्रवाल हिरासतमै छन्। अरु दुई जना फरार रहेकाले अदालतबाटै पक्राउ पुर्जी जारी गर्न माग गरिएको छ। 

तीन जनालाई मुख्य कसुरदार ठहर गर्दै सीआईबीले शंकरलाल अग्रवालले पनि कसुरदारलाई सहयोग गरेको आरोप लगाएको छ। 

१० करोडमाथि ५० करोड रुपैयाँसम्म बिगो कायम भएका प्रतिवादीहरु दोषी ठहर भए ६ वर्षदेखि ८ वर्षसम्म कैद, बिगो भराउने र बिगो बमोजिमको जरिवाना हुने बैंकिङ कसुर तथा सजाय ऐन २०६४ मा व्यवस्था छ।

उनीहरुलाई बैंक तथा वित्तिय संस्थाबाट कर्जा लिएर जुन प्रयोजनका लागि लिएको हो त्यसमा खर्च नगरी कर्जाको दुरुपयोग गरेको आरोप छ।

यो पनि–

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad