पशुपतिनाथ मन्दिर क्षेत्रमा सुनको सिक्री लुटपाट गर्ने पाँच भारतीय महिलाहरू पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँले मंगलबार भारत गोरख नौसरका अञ्जु चमार (३५), रुपसना चमार (२९), आरति चमार (३०), रिंकु चमार (३५) र नन्दनी चमार (१८) लाई पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार उनीहरूले पशुपतिनाथ दर्शन गर्न आएका मानिसहरूले घाँटीमा लगाएको सुनको सिक्री लुटपाट गरेका थिए।
उनीहरूबाट सुनको सिक्री दुई थान बरामद गरिएको छ। प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया