काठमाडौं जिल्ला अदालतले २ करोड ५८ लाख रुपैयाँ बिगो माग तथा ९० दिन कैद सजायको फैसलापछि फरार रहेका राजु मिजारलाई प्रहरीले पक्राउ गरेको छ। बैंकिङ कसुरका १४ वटा मुद्दामा दोषी देखिएका बुढानिलकण्ठ–५ का उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरेको हो।
सीआइबीको प्रेस विज्ञप्तिअनुसार उनलाई जेठ २५ गते धुम्बाराहीबाट नियन्त्रणमा लिएको हो।
अदालतले विभिन्न मितिमा बैंकिङ कसुर १२ र चेक अनादर २ गरी जम्मा १४ वटा मुद्दामा फैसलाहरु गरेको थियो। उनीसँग दुई करोड ५८ लाख ६२ हजार सात सय १६ रुपैयाँ बिगो रकम माग भएको थियो। एक लाख ७२ हजार ९ सय ४१ रुपैयाँ ३९ पैसा क्षतिपूर्ति दिनुपर्ने भनेको थियो।
पक्राउपछि मिजारलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ।
Shares

प्रतिक्रिया