नेपालका लागि आईकारको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले आईकार भी२३ मा विशेष सीमित-स्टक अफर घोषणा गरेको छ।
अफरअन्तर्गत ग्राहकहरूले ५०.९९ लाखको पूर्व-बजेट मूल्यमा आईकार भी२३ खरिद गर्न सक्नेछन्। हालको बजेटपछिको आधिकारिक मूल्य भने ५३.९९ लाख कायम गरिएको छ।
हालै सार्वजनिक भएको राष्ट्रिय बजेटमार्फत कर तथा राजस्व संरचनामा भएको संशोधनका कारण नेपाली बजारमा आईकार भी२३को आधिकारिक बिक्री मूल्य ५३.९९ लाख निर्धारण गरिए पनि कम्पनीले सीमित संख्यामा उपलब्ध स्टकका लागि आईकार भी२३ लाई पुरानै मूल्य ५०.९९ लाख रुपैयाँमा उपलब्ध गराउने निर्णय गरेको जनाएको छ।
यस विशेष अफरमार्फत ग्राहकहरूले ३ लाख रुपैयाँसम्मको प्रत्यक्ष बचत गर्न सक्नेछन्। सीमित स्टक समाप्त भएपछि सबै नयाँ बुकिङ तथा डेलिभरीहरू संशोधित आधिकारिक मूल्य ५३.९९ लाखअनुसार नै हुनेछन्।
आईकार भी२३ नेपालका सबैभन्दा आकर्षक लाइफस्टाइल इलेक्ट्रिक एसयूभीहरूमध्ये एकका रूपमा स्थापित भइसकेको छ। रेट्रो-प्रेरित डिजाइन, अत्याधुनिक विद्युतीय प्रविधि, ५९.९३ केडब्लुएच ब्याट्री क्षमता, ४०१ किलोमिटरसम्मको ड्राइभिङ रेन्ज, तथा २१० मिमि ग्राउन्ड क्लियरेन्स जस्ता विशेषता यसमा छन्।
आकर्षक डिजाइन, उत्कृष्ट प्रदर्शन तथा आधुनिक सुविधाहरूले यसलाई नेपाली ईभी पारखीहरूको रोजाइको गाडी बनाएको छ। यस विशेष अफरको लाभ लिन इच्छुक ग्राहकहरूलाई देशभर रहेका आफ्नो नजिकको आईकार शोरुम वा आधिकारिक डिलरशिपमा सम्पर्क गर्न सकिनेछ।
यो अफर केवल हाल उपलब्ध स्टकमा मात्र लागू हुनेछ र स्टक समाप्त भएसँगै स्वतः समाप्त हुने कम्पनीले उल्लेख गरेको छ।
Shares

प्रतिक्रिया