समाज


प्रधानमन्त्री जिम्मेवार नबन्दा संसद सुचारु हुन सकेन: कांग्रेस

प्रधानमन्त्री जिम्मेवार नबन्दा संसद सुचारु हुन सकेन: कांग्रेस

नेपालखबर
जेठ २६, २०८३ मंगलबार १५:८, काठमाडौँ

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र साहले नै संसदको गतिरोध कायमै राखेको आरोप लगाएको छ।

मंगलबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उक्त पार्टीका सचेतक निष्कल राईले संसदको गतिरोध जारी हुनुमा प्रधानमन्त्री साहनै जिम्मेवार रहेको जिकिर गरेका हुन्।

उनले प्रधानमन्त्री साहले संसदमा आएर चाँडै त्यसको गतिरोध अन्त्य गर्नुपर्ने अडान पनि राखे। प्रधानमन्त्री साहले मुलुकको राष्ट्रियताको विरुद्धमा गम्भीर अभिव्यक्ति दिएकाले सबै विपक्ष दलहरूले त्यसको एक ठाउँमा उभिएर विरोध गर्नुपरेको पनि सचेतक राईले स्पष्ट पारे।

उनले भने,‘सबैभन्दा महत्वपूर्ण कुरा राष्ट्रियता, राष्ट्रिय अखण्डताको कुरानै आईसकेपछाडि हामी सबै प्रतिपक्ष दलहरू एक ठाउँमा छौँ। तर पनि यो गतिरोधलाई, यो डेडलकलाई लामो समय राखि राख्न सकिँदैन। सहमती, सहकार्यकै बाटोबाट अघि बढ्ने हो। र यसका लागि दलहरूका बीचमा, दलका नेताहरुको बीचमा सम्वाद जारी छ। सम्माननीय प्रधानमन्त्री आउनु हुन्छ। ल्याउने काम सत्ता पक्षका दलले पनि गर्दैछ। सबैभन्दा जिम्मेवार भएकाले प्रधानमन्त्रीले डेडलक खोल्न पनि संसदमा आउनु हुन्छ, आउनु पर्दछ।’

सचेतक राईले कर छली सम्बन्धी विषयमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले संसदमा आएको स्पष्ट जवाफ दिनुपर्ने माग समेत गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad