समाज


आज काठमाडौँमा कस्तो होला गर्मी, पर्ला कि नपर्ला पानी

आज काठमाडौँमा कस्तो होला गर्मी, पर्ला कि नपर्ला पानी

नेपालखबर
जेठ २६, २०८३ मंगलबार ७:५, काठमाडौँ

अहिले (मंगलबार बिहान ७ बजे) काठमाडौँ उपत्यकाको मौसम मुख्यतया सफा रहेको मौसमविद्ले बताएका छन्। 

तर दिउँसोपछ बिस्तारै बादल बढ्ने र अपराह्न वा साँझपख हल्का वर्षा हुने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिड ढकालले जानकारी दिए। 

‘अहिले काठमाडौँ उपत्यकाको मौसम मुख्यतया सफा नै छ’, उनले नेपालखबरसँग भने, ‘तर अपराह्न ४ बजेपछि साँझपख क्षणिक र हल्का वर्षा हुने सम्भावना छ।’ 

मौसमविद् ढकालका अनुसार आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम २९ देखि ३१ डिग्रीसम्म पुग्ने आकलन छ। 

हिजो सोमबार भने काठमाडौँ उपत्यकामा अधिकतम ३०‍.३ र न्यूनतम तापक्रम १९.८ डिग्री सेल्सियस थिए। 

देशभरको मौसम र वर्षा-हिमपात सम्भावनाबारे भने मौसम महाशाखाले अहिले बिहान ८ बजे अध्यावधिक विस्तृत बुलेटिन जारी गर्नेछ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad