ad ad

समाज


सर्लाहीका १३ सहित शनिबार बिहानै थपिए ३२ कोरोना संक्रमित

सर्लाहीका १३ सहित शनिबार बिहानै थपिए ३२ कोरोना संक्रमित

नेपालखबर
जेठ १०, २०७७ शनिबार ३:६,

सर्लाहीका १३ जनासहित आज (शनिबार) बिहानै कोरोना संक्रमणका ३२ बिरामी थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार बिहानै ८:४० बजे विज्ञप्ति जारी गरेर थप ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो। 

थपिएका ३२ संक्रमितमा १७ वर्षदेखि ५५ वर्षसम्म उमेरका छन्।

सर्लाहीमा शनिबार थपिएका १३ संक्रमित गोडैता र कविलासी नगरपालिकाका हुन्। जसमा २० वर्षका ३ जना, २६ र ३५ वर्षका २/२ जना, १८, २१, २२, २३, २८ र ३३ वर्षका १/१ जना छन्।

यस्तै आज थपिएका संक्रमितमध्ये रूपन्देहीका ८ जना छन्। यी व्यक्ति गैडहवा र रोहिणी गाउँपालिकाका हुन्। जसमा २०, २४ र ३० वर्षका २/२ जना र २४ र ५५ वर्षका १/१ जना छन्।

यस्तै आज कपिलवस्तुमा पनि ८ कोरोना संक्रमित थपिएका हुन्। वाणगंगा नगरपालिकाका १७, १९, २२, २७, २९, ३५, ४० र ४२ वर्षका एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यस्तै आज काठमाडौंमा ३५ वर्षीय पुरुष, चितवनको भरतपुर–६ का ५२ वर्षीय पुरुष र बाराको करैयामाई गाउँपािलकाकी ३७ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो।

आज थपिएका ३२ संक्रमितमा कपिलवस्तु वाणगंगाकी २७ वर्षीया र बाराको करैयामाई गाउँलिकाकी ३७ वर्षीया महिलाबाहेक सबै पुरुष हुन्। 

योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ५ सय ४८ पुगेको छ।

healthbigepti

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .