समाज


६ दिनदेखि बेपत्ता दावा शेर्पा घिस्रिँदै गरेको अवस्थामा खुम्बु आइसफल क्षेत्रमा भेटिए

उपचारका लागि हेलिकप्टरमा काठमाडौँ ल्याइँदै
६ दिनदेखि बेपत्ता दावा शेर्पा घिस्रिँदै गरेको अवस्थामा खुम्बु आइसफल क्षेत्रमा भेटिए

नेपालखबर
जेठ २१, २०८३ बिहिबार १२:३१, काठमाडौँ

सगरमाथा आधार शिविर क्षेत्रमा एक सातादेखि हराइरहेका पर्यटक गाइड दावा शेर्पा गम्भीर बिरामी अवस्थामा भेटिएका छन्।

बिहीबार बिहान सगरमाथा प्रदूषण नियन्त्रण समितिका कामदाले उनलाई सगरमाथा आइसफल क्षेत्रबाट आधार शिविरतर्फ घस्रिदै आइरहेको अवस्थामा फेला पारेका हुन्। 

पर्यटन बोर्डका पूर्व सदस्य ङावाङिमा शेर्पाले दिएको जानकारी अनुसार आरोही पर्यटकहरूको सहयोगीका रूपमा गएका उनी गएको ६ दिनदेखि बेपत्ता थिए। 

ओखलढुंगा खिजिदेम्बा गाउँपालिका निवासी शेर्पा आधार शिविर फर्किने क्रममा एकाएक हराएका थिए। उनको खोजीका लागि सगरमाथाको तेस्रो शिविर आसपास क्षेत्रमा हेलिकोप्टरसमेत परिचालन गरिएको थियो। तर उनी फेला परेका थिएनन्।

उनलाई खुम्बु आइसफल क्रयाम्पन पोइन्ट छेउबाट आधार शिविरतर्फ घस्रिदै आएको अवस्थामा बिहीबार बिहान फेला पारेर उद्धार गरिएको हो। 

उनको खुट्टा र हात हिउँले खाएको छ। प्रारम्भिक उपचारपछि उनलाई हेलिकोप्टरबाट काठमाडौँ ल्याउने तयारी भइरहेको शेर्पाले बताए। उनलाई अल्टिच्युड एयरको हेलिकोप्टरबाट उपचारका लागि काठमाडौं ल्याउने तयारी भइरहेको छ। 

पर्वतरोहण क्षेत्रका व्यक्तिहरूले बेपत्ता भएको एकसातापछि उनी जीवितै भेटिएको घटनालाई चमत्कार भनेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad