मकवानपुरमा ठुलो परिमाणमा लागु औषध गाँजा र हतियारसहित प्रहरीले एक व्ष्यक्तिलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मनहरी गाउँपालिका–६ बस्ने ४० वर्षीय रामचन्द्र प्रजा रहेका छन्। उनको साथबाट भरुवा बन्दुक थान–१, बन्चरो थान–१, खुकुरी–थान १ र लागु औषध गाँजा ३३ किलो फेला परेको प्रहरीले जनाएको छ।
विशेष सूचनाका आधारमा प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीले स्थानीय डिपार्ट सामुदायिक जंगलको गोरेटो बाटोमा उनलाई फेला पारेको हो।
प्रहरीलाई देख्नासाथ सामान छोडेर भागेका प्रजासहितका व्यक्तिलाई प्रहरीले पछ्याउने क्रममा उनी पक्राउ परेका हुन्। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया