पूर्वाधार विकास मन्त्रालयमा प्रवेश गरी सचिवलाई धम्काएको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा कालिकोटको साविक मान्म गाविस–५ घर भइ हाल भक्तपुरको मध्यपुर थिमि नगरपालिका–२ बस्ने वर्ष ३५ को उपेन्द्र कुमार शाही रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार शाही यही जेठ ११ गते अन्दाजी ११ः३० बजेको समयमा पूर्वसूचना र जानकारीविना पूर्वाधार विकास मन्त्रालयस्थित सचिवको कार्य कक्षमा अनधिकृत रूपमा प्रवेश गरेका थिए।
उनलाई बाहिर जान भनि सम्झाई बुझाई गर्दा अश्लील शब्द प्रयोग गर्ने, धाक धम्की समेत दिई सचिवको कार्य कक्षमा हुल हुज्जत गरी आपराधिक उपद्रव गरेको प्रहरीको दाबी छ।
शाहीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट आपराधिक लाभ लिन नहुने कसुरमा पाँच दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिएका छन्।
Shares

प्रतिक्रिया