समाज


कटारी अस्पतालका मेसु साहमाथि भएको दुर्व्यवहारप्रति चिकित्सक संघको आपत्ति

कटारी अस्पतालका मेसु साहमाथि भएको दुर्व्यवहारप्रति चिकित्सक संघको आपत्ति

नेपालखबर
जेठ १२, २०८३ मंगलबार २१:३२, काठमाडौँ

नेपाल चिकित्सक संघले उदयपुरस्थित कटारी अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा. गौरव साहमाथि केही व्यक्तिहरूद्वारा गालीगलौज तथा दुर्व्यवहार गर्नुका साथै धम्की दिईएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

महासचिव डा. सन्जिव तिवारीले मंगलबार विज्ञप्ति प्रकाशित गरी ‘स्वास्थ्य क्षेत्रमा जीवन समर्पित गरेर कटारी अस्पतालको सुधार गरी व्यवस्थित बनाउने कार्यमा अहोरात्र खटिरहेका लगनशील चिकित्सकमाथि ‘अमर्यादित तथा निन्दनीय कार्य’ भएको भन्दै घटनाको भत्र्सना गरेका छन्।

चिकित्सकहरूमाथि हुने गरेका यस्ता अमानवीय घटनाले स्वास्थ्य सेवा प्रवाहमा समेत गम्भीर असर पुग्ने संघको भनाई छ।

‘समग्र स्वास्थ्य क्षेत्रलाई आतंकित पार्ने गरी घटाइएको यस्तो अस्वाभाविक घटनामा संलग्न दोषीहरुलाई अविलम्ब कानूनको दायरामा ल्याई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धि ऐन २०६६ (पहिलो संशोधन, २०७९) बमोजिम शून्य सहनशीलता अपनाई कडा कारबाही गर्न तथा सुरक्षित र भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन नेपाल चिकित्सक संघ सम्बन्धित निकायसँग जोडदार माग गर्दछ’ विज्ञप्तिमा भनिएको छ।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad