समाज


आज यी पाँच प्रदेशका ११ जिल्ला र आसपास तीव्र वेगको हुरी चल्ने सम्भावना

आज यी पाँच प्रदेशका ११ जिल्ला र आसपास तीव्र वेगको हुरी चल्ने सम्भावना

नेपालखबर
जेठ १२, २०८३ मंगलबार १०:३८, काठमाडौँ

जल तथा मौसम विज्ञान विभागले आज (मंगलबार) देशका केही जिल्लामा तीव्र वेगको हुरी चल्ने सम्भावना रहेको भन्दै चेतावनी जारी गरेको छ।

मौसम विभागका अनुसार आज जेठ १२ गते दिउँसोपछि कोसी प्रदेशका झापा र मोरङसहित आसपासका जिल्लामा तीव्र वेगको हुरी चल्ने सम्भावना छ। 

यसैगरी तलका प्रदेशका ती जिल्लामा पनि तीव्र वेगको हुरी चल्ने सम्भावना रहेको मौसम विभागले जनाएको छ। 

मधेस प्रदेश: बारा, पर्सा, सर्लाही र धनुषासहित आसपासका जिल्ला

बागमती प्रदेश: मकवानपुर र चितवनसहित आसपासका जिल्ला

गण्डकी प्रदेश: नवलपुर र तनहुँसहित आसपासका जिल्ला

लुम्बिनी प्रदेश: रुपन्देहीसहित आसपासका जिल्ला

यो पनि : आज कतै वर्षा-हिममात र हुरी, कतै तातो दिनको सम्भावना

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad