समाज


बस्तीमा डोजर चल्ने भएपछि महोत्तरीको कालापानीका स्थानीयले वन कार्यालयको गाडीमा आगो लगाए, बीपी राजमार्ग अवरुद्ध

बस्तीमा डोजर चल्ने भएपछि महोत्तरीको कालापानीका स्थानीयले वन कार्यालयको गाडीमा आगो लगाए, बीपी राजमार्ग अवरुद्ध

नेपालखबर
जेठ १२, २०८३ मंगलबार १०:३८, काठमाडौँ

सरकारले बस्तीमा डोजर चलाउने तयारी गरेपछि महोत्तरीको बर्दिबास-३ कालापानीवासी सडक बन्द गरेर आन्दोलनमा उत्रिएका छन्।

कालापानी क्षेत्रमा बीपी राजगमार्ग अवरुद्ध गरेर स्थानीयले प्रदर्शन गरेका हुन्। उनीहरुले गएराति वन कार्यालयको एउटा गाडीमा आगोसमेत लगाएका छन्।

कालापानी क्षेत्रमा सोमबार दिउँसैदेखि स्थानीयको विरोध प्रदर्शन गर्दै आएका प्रहरीले जनाएको छ। 

प्रदर्शनकारीले डिभिजन वन कार्यालय महोत्तरीको एउटा गाडीमा आगजनीसमेत गरेका जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी पञ्चलाल गोलेले जानकारी दिए। 

‘वन डिभिजनको टोलीले अतिक्रमित क्षेत्रमा गएर घर खाली गर्न सूचना जारी गरेपछि आक्रोसित भएका स्थानीयले सोमबार राति वनको एउटा गाडीमा आगो लगाएका छन्,’ गोलेले नेपालखबरसँग भने, ‘अहिले पनि त्यो क्षेत्रमा यातायात अवरुद्ध छ। सहमतीको लागि वार्ताको प्रयास हुँदैछ।’

उनले वार्ताको लागि महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, एसपी श्यामकुमार सारु मगर, इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी गुरुप्रसाद तिमिल्सिनासहितको टोली अहिले पनि घटनास्थलमै रहेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad