समाज


राति सेतीको खोँचमा फाल हानेका भारतीय युवक मृत भेटिए

राति सेतीको खोँचमा फाल हानेका भारतीय युवक मृत भेटिए

फाइल फोटो


नेपालखबर
जेठ ११, २०८३ सोमबार १४:६, काठमाडौँ

पोखरा महानगरपालिका १७ स्थित सेती नदीको खोचमा खसेर बेपत्ता भएका भारतीय नागरिक मृत फेला परेका छन्। 

सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन टोलीले शव फेला पारेर बाहिर निकालेको हो। 

भारतको सितामढी स्थायी घर भई हाल पोखरा–१७, घारिपाटन बस्ने ३४ वर्षीय मुकेश महतो आइतबार राति पौने १० बजे सेती नदीको खोचमा हाम फाली बेपत्ता भएको खबरपछि प्रहरीले खोजी सुरु गरेको थियो। 

खबर पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गण कालिका कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक शरण बहादुर खड्काको कमाण्डमा १८ जनाको विपद् व्यवस्थापन टोली राति नै घटनास्थल खटिएको थियो।

राति खोजी गर्दा फेला नपरेपछि टोली फर्किएको थियो। सोमबार बिहान ६ः४० बजे पुनः सशस्त्र प्रहरी निरीक्षक विनोद पौडेलको कमाण्डमा ११ जनाको विशेष विपद् व्यवस्थापन टोली खोजतलासका लागि परिचालन गरिएको थियो। 

उक्त टोलीले अन्दाजी २५० फिट गहिरो खोचबाट रोप रेस्क्यु विधिको प्रयोग गरी शव निकालेको सशस्त्र प्रहरीले जनाएको छ। 

सशस्त्र प्रहरीले शव निकालेर नेपाल प्रहरीलाई बुझाएको छ। मुचुल्का पूरा गरी प्रहरीले शव पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad