कारोबार


संविधान संशोधनबारे निजी क्षेत्रसँग छलफल गर्दै कार्यदल, मंगलबार ३ बजे बोलाइयो

संविधान संशोधनबारे निजी क्षेत्रसँग छलफल गर्दै कार्यदल, मंगलबार ३ बजे बोलाइयो

प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाह


नेपालखबर
जेठ ११, २०८३ सोमबार १४:१०, काठमाडौँ

संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले निजी क्षेत्रसँग पनि छलफल गर्ने भएको छ।

संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले व्यवसायीहरुसँग छलफल गर्न लागेको हो। 

प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले मंगलबार ३ बजे केही व्यवसायीहरुलाई छलफलमा बोलाएको छ।

'केही व्यवसायीहरुलाई संविधान संशोधनको विषयमा छलफलका लागि बोलावट आएको छ। मंगलबार ३ बजे छलफल गर्न बोलाइएको छ,' निम्ता पाएका एक व्यवसायीले भने।

कार्यदलले बहसपत्र तयार गर्नका लागि विभिन्न क्षेत्रका व्यक्तित्वहरुसँग छलफल गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad