लगनखेल बसपार्कबाट नक्कली नोटसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
ललितपुर महानगरपालिका(१२ लगनखेल बसपार्क नजिकबाट नेपाली ५ सय दरका १६ थान नक्कली नोटसहित ती युवक पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका(१४ कलंकी बस्ने सिराहा घर भएका १९ वर्षीय सुरज राई रहेका प्रहरीले जनाएको छ।
उनलाई शनिबार प्रहरीले पक्राउ गरेको हो।
लगनखेल बसपार्कमा नक्कली नोटको कारोबार भइरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय लगनखेलबाट खटिएको प्रहरीले उनलाई नक्कली नोटसहित पक्राउ गरेको हो ।
उनले कक्कली नोट कहाँबाट ल्याए खुलेको छैन। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
60
Shares

प्रतिक्रिया