समाज


४० दिनमा विपदका घटनामा ७० जनाको मृत्यु

४० दिनमा विपदका घटनामा ७० जनाको मृत्यु

नेपालखबर
जेठ १०, २०८३ आइतबार ६:५, काठमाडौँ

नेपालमा वि.सं. २०८३ वैशाखयता विपद्मा परेर ७० जनाले ज्यान गुमाएका छन्। 

यस अवधिमा भएका १ हजार ३४२ विपद्जन्य घटनामा ७० जनाले ज्यान गुमाएका र ३३३ जना घाइते भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। 

पछिल्लो ४० दिनमा भएका विपदजन्य घटनामा सबैभन्दा बढी लेक लागेर १६ जनाले ज्यान गुमाएका छन्। 

प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार ट्याङबाट १४ र आगलागीबाट ११ जनाले ज्यान गुमाएका छन्। 

यसैगरी, हुरीबाट नौ, जनावरको आक्रमणबाट आठ, सर्पदंशबाट पाँच, पहिरोबाट दुई, डुङ्गा पल्टिएर दुई तथा वन डढेलो, बाढी र हिउँपहिरोमा परेर एक÷एक जनाको मृत्यु भएको छ।

ती विपद्का घटनाबाट एक हजार ६२१ परिवार प्रभावित भएका प्राधिकरणले आज सार्वजनिक गरेको विवरणमा उल्लेख छ। 

विपद्जन्य घटना सङ्ख्या हेर्दा भने सबैभन्दा बढी आगलागीका ४८८ वटा घटना भएका छन्। यसैगरी, हुरीका २३०, चट्याङका १३९ र सर्पदंशका १०५ वटा घटना भएका छन्।

पछिल्लो २४ घण्टामा मात्रै विपद्जन्य घटनामा परेरका तीन जनाको मृत्यु भएको छ। ३२ वटा घटनामा १३ जना घाइते भएका र १७ लाखभन्दा बढीको क्षति भएको पनि प्राधिकरणले जनाएको छ।

देशमा मनसुन प्रवेशको चरणमा रहेका बेला कतै बाढी पहिरो र कतै तातो हावाको लहर जारी छ। शनिबार पनि नेपालका विभिन्न जिल्लामा बाढी आउँदा धेरै क्षेत्र प्रभावित भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad