ग्लोबल


ट्रम्प भित्रै भएका बेला ह्वाइट हाउसनजिकै फेरि चल्यो गोली, २ जना गम्भीर घाइते

ट्रम्प भित्रै भएका बेला ह्वाइट हाउसनजिकै फेरि चल्यो गोली, २ जना गम्भीर घाइते

नेपालखबर
जेठ १०, २०८३ आइतबार ६:२५, काठमाडौँ

अमेरिकाको वासिङटनस्थित ह्वाइट हाउसनजिकै शनिबार गोली चलेको आवाज सुनिएको छ। घटनाका बेला राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसभित्रै थिए। 

समाचार एजेन्सी एपीका अनुसार, ह्वाइट हाउसमा उपस्थित पत्रकारहरूले अचानक धेरै गोली चलेको आवाज सुने। तुरुन्तै गुप्तचर सेवाले पत्रकारहरूलाई प्रेस ब्रिफिङ कोठाभित्रै रहन निर्देशन दियो र कसैलाई पनि बाहिर निस्कन दिएन।

घटनापछि एफबीआई, गुप्तचर सेवा र अन्य सुरक्षा एजेन्सीले घटनास्थललाई घेराबन्दी गरे र अनुसन्धान सुरु गरे। ह्वाइट हाउस परिसरको उत्तरी ल्यान खाली गरिएको छ।

गुप्तचर सेवाले ह्वाइट हाउसनजिकै एक व्यक्तिलाई गोली हानेको छ। यस क्रममा एक यात्रुलाई पनि गोली लागेको छ। दुवैको अवस्था गम्भीर रहेको बताइएको छ।

एफबीआई निर्देशक कास पटेलले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘सुरक्षा एजेन्सीले घटनाका विषयमा आवश्यक कारबाही गरिरहेका छन्। थप विवरण आउनासाथ जानकारी गराइनेछ।’

एक महिनाअघि पनि वासिङटन डीसीमा वार्षिक ह्वाइट हाउस संवाददातासँगको रात्रिभोज कार्यक्रममा गोली चलेको थियो।

त्यसबेला पनि राष्ट्रपति डोनाल्ड ट्रम्प, उनकी श्रीमती मेलानिया ट्रम्प र उपराष्ट्रपति जेडी भान्सलगायत धेरै जना वरिष्ठ अधिकारी थिए। तर कसैलाई केही भएन। 

गोली हानेको आरोपमा एकजनालाई पक्राउ गरिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad