काठमाडौं उपत्यकामा आज (बिहीबार) बिहानै लकडाउन उल्लंघन गरेर चलाइएका २ हजार ७ सय सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार ती सवारीसाधन उपत्यकाका विविन्न ठाउँबाट नियन्त्रणमा लिइएको हो।
तीमध्ये सबैभन्दा बढी २ हजार ६ सय दुई पांग्रे र सयवटा चारपांग्रे रहेको ट्राफिक प्रहरीले जानकारी दिएको छ।
कोरोना भाइरसको जोखिम बढ्दै गएपछि सरकारले उपत्यकामा पनि केही दिनयता उपत्यकामा पनि लकडाउन कडा पारेको हो।
अत्यावश्यक काम नपरी बाहिर ननिस्कन र जरुरी काम परे सवारी पासका लागि स्वीकृति लिन गृह मन्त्रालयले आग्रह गरेको छ।
3
Shares

प्रतिक्रिया