समाज


बादलले ढाक्यो काठमाडौँ, कहिले खुल्ला मौसम

बादलले ढाक्यो काठमाडौँ, कहिले खुल्ला मौसम

नेपालखबर
जेठ ७, २०८३ बिहिबार ८:१, काठमाडौँ

काठमाडौँ उपत्यकामा आज (बिहीबार) बिहानैदेखि मौसम बदली भएको छ भने कतिपय स्थानमा पानी परिररहेको मौसमविद्ले बताएका छन्। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार यतिबेला काठमाडौँ उपत्यकाको आकाश बादलले ढाकेको छ भने कतिपय ठाउँमा वर्षा भइरहेको छ। 

‘काठमाडौँ उपत्यकाको आकाशमा अहिले साधारणतया बादल लागेको छ। यसको अर्थ लगभग आकाशभरि बादल छ, कतै कतै छिद्र पनि छ’, नेपालखबरसँग उनले भने, ‘अनि कपनसहित केही ठाउँमा पानी परिरहेको छ।’

मौसमविद् अधिकारीका अनुसार मध्याह्नतिर बादल केही घट्ने सम्भावना रहे पनि आज काठमाडौँ उपत्यकामा राम्रोसँग घाम लाग्ने सम्भावना देखिएको छैन। 

‘केही घण्टापछि पानी पर्ने क्रम कम भएर मौसम केही खुल्ने सम्भावना देखिए पनि फेरि अपराह्न वा साँझपख काठमाडौँ उपत्यकामा मध्यमसम्म वर्षा हुने सम्भावना छ’, उनले भने। 

देशभरको मौसमबारे भने मौसम महाशाखाले केही बेरमा विस्तृत बुलेटिन जारी गर्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad