समाज


विज्ञले कोरोनाको खतरा नटरेको बताइरहँदा अमेरिकाका सबै ५० राज्य आंशिक रुपमा खुल्दै

विज्ञले कोरोनाको खतरा नटरेको बताइरहँदा अमेरिकाका सबै ५० राज्य आंशिक रुपमा खुल्दै

नेपालखबर
जेठ ७, २०७७ बुधबार ११:५४,

कोरोनाको प्रकोप हालसम्म पनि टरेको छैन। अमेरिका कोरोनाले सबैभन्दा बढी प्रभावित राष्ट्र हो।

यसबीचमा अमेरिकाका सबै राज्यहरुको रेस्टुरेन्ट तथा खाद्य पसलहरु खुला हुन लागेको सीएनएनले जनाएको छ।

जर्जिया र टेक्सास राज्यले कोरोनाविरुद्ध अपनाइएको उपायहरु हटाउने योजनामै छ भने अन्य राज्य न्युयोर्क, क्यालिफोर्निया, पेनसेल्भिनिया आशिंक रुपमा शहर खुलाउने योजनामा छन्।

विज्ञहरुले कोरोनाको खतरा नटरेको बताइरहँदा अमेरिकी राज्यहरु भने खुला हुन लागेका हुन्।

यी राज्यहरुमा मास्क लगाउने, शारीरिक दुरीको नियम पालना गर्नुपर्ने विषय भने बाध्यकारी बनाएका छन्।

अमेरिकामा कोरोना संक्रमित बढी भएको विषयमा राष्ट्रपति ट्रम्पले हालै एक अभिव्यक्ति पनि दिएका छन्।

अमेरिकामा कोरोनाको परीक्षण राम्रो भएको हुनाले यहाँ धेरै संक्रमित देखिएको उनको भनाइ छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad