समाज


मन्त्रालयका कर्मचारीलाई घुस दिन खोज्दा अख्तियारको फन्दामा

मन्त्रालयका कर्मचारीलाई घुस दिन खोज्दा अख्तियारको फन्दामा

नेपालखबर
जेठ ७, २०७७ बुधबार १२:२,

आर्थिक मामिला तथा योजना मन्त्रालय प्रदेश १ का कर्मचारीलाई घुस रकम बुझाउन खोज्ने जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय मोरङका डिभिजन प्रमुख आनन्द कुमार झालाई बुधबार अख्तियारले प्रक्राउ गरेको छ। डिभिजन प्रमुख झाले आर्थिक मामिला तथा योजना मन्त्रालयको बजेट योजना तथा कार्यक्रम महाशाखामा कार्यरत शाखा अधिकृत विदुर पौडेललाई १० हजार रकम बुझाउन खोजेको मन्त्रालय निकट स्रोतले जनाएको छ।

झा ले उक्त रकम खाममा पौडेलको कार्यकक्षस्थित टेबलको घर्रामा राखि दिएका थिए। खाम आफ्नो टेबलको घर्रामा झाले राखिदिएपछि पौडेलले यो के हो भनेर सोध्दा नभनेको पौडेलले बताएका छन्। साथै झाले आफूले पौडेललाई १० हजार नगद खाममा राखेर टेबलमा राखिदिएको तर पौडेलले अस्विकार गरेको बताएका छन्। उक्त घटना भएपछि शाखा अधिकृत पौडेलले भष्ट्राचार जन्य कसुरमा सजाय गराई पाउँ भनि निवेदन दिएका थिए।

स्रोतका अनुसार घटना जानकारी पाएपछि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले ठाडो आदेश दिँदै घटनामा संलग्नलाई अख्तियारमा बुझाउन निर्देशन दिएका थिए। लगत्तै अख्तियारको इटहरीस्थित कार्यालयले झा लाई प्रक्राउ गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयमा महिनौंदेखि अन्य मन्त्रालय तथा कार्यालयहरुको फाइल रोकिँदै आएको गुनासो हुने गरेको छ।

भर्खरै मात्र पौडेल रहेको महाशाखाका प्रमुख उप सचिव हरिहर पौडेलको सरुवा भएको थियो। उक्त शाखामा कर्मचारीहरुले दुःख दिनुका साथै फाइल समेत हराउने, फ्याकिने र च्यातिने गरेको गुनासो अन्य मन्त्रालयका कर्मचारीहरुले गर्दै आएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad