ad ad

समाज


आज २५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४२७ पुग्यो

आज २५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४२७ पुग्यो

नेपालखबर
जेठ ७, २०७७ बुधबार १०:४२,

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार थप २५ जनामा कोरोना संक्रमण देखिएको बताएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले २५ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए।

बाँकेको ६, धनकुटामा ५, कपिलबस्तुमा १३, नवलपरासी पश्चिममा १ जना संक्रमित भेटिएका हुन

योसँगै कुल संक्रमितको संख्या ४२७ पुगेको प्रवक्ता देवकोटाले जानकारी दिए। 

बुधबार पुष्टि भएका २५ संक्रमितमध्ये ७ महिला र १८ जना पुरुष रहेको प्रवक्त देवकोटाले जानकारी दिए।

बाँकेको नरैनापुर ५ का १७, २०, २८, ३० र ४० वर्षका र २७ वर्षीय पुरुष खजुरा ५ का रहेका छन्।

त्यसैगरी धनकुटाका २८, २९, ३५, ३७ वर्षीय पुरुष र २४ वर्षीय महिलामा संक्रमण पुष्टि भएको र उनीहरु धनकुटाकै स्थानीय भएको प्रवक्ता देवकोटाले जानकारी दिए।

त्यसैगरी कपिलबस्तुमा २२, २३ र ३५ वर्षीय पुरुष विजयनगरको क्वारेन्टिनमा रहेको पुरुषहरु र महाराजगन्ज गाउँपालिकामा रहेका ३, ४, र ६ वर्षीया बालिकाहरु, १६, २५ र ३२ वर्षीया महिला गरी ६ जना महिला र १२, २०, २४, ३४ वर्षीय पुरुष गरी १३ जना नयाँ संक्रमित पुष्टि भएका छन्।

त्यसैगरी नवलपरासीको सुस्ता गाउँपालिका ५ का २६ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको प्रवक्ता देवकोटाले बताए। उनले नवलपरासीका संक्रमित बेलवाने क्यारेन्टिनमा रहेको बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .