ad ad

समाज


चीनले भन्योः कोरोना भाइरसको अध्ययन गर्न दिन्छौं तर प्रभाव समाप्त भएपछि मात्र

चीनले भन्योः कोरोना भाइरसको अध्ययन गर्न दिन्छौं तर प्रभाव समाप्त भएपछि मात्र

नेपालखबर
जेठ ६, २०७७ मंगलबार १२:१६,

तर कोरोना भाइरस ‘कोभिड १९’ को प्रकोप समाप्त भएपछि मात्र अध्ययन तथा अनुसन्धान गर्न पाइने चीनका राष्ट्रपति सी चिनफिङले बताएका छन्।

विश्व स्वास्थ्य संगठन डब्लूएचओमा १ सय ९४ सदस्य राष्ट्रहरु छन्। ६० भन्दा बढी मुलुकले चीनमा कोरोना भाइरस कसरी उत्पत्ति भयो भन्नेबारे विश्व समुदायले स्वतन्त्र अनुसन्धान गर्नुपर्ने माग गरेका थिए।

अमेरिका तथा युरोपेली मुलुकहरुले स्वतन्त्र अनुसन्धानको आवश्यकता भएको बताएका थिए। स्वतन्त्र अनुसन्धानले कोरोना भाइरसविरुद्ध लड्न विश्वलाई मद्दत पुग्ने उनीहरुको भनाइ थियो।

राष्ट्रपति सीले सोमबार ७३ औं विश्व स्वास्थ्य सम्मेलनमा सम्बोधन गर्दै विश्व समुदायले कोरोनाबारे स्वतन्त्र अनुसन्धान गर्न पाउने बताएका हुन्।

चीनमाथि कोरोनाको जानकारी चाँडै नदिएको, यसको खतराको विषय सुरुवातमा लुकाएका कारण विश्वभर कोरोना फैलिएको भन्ने आरोप लाग्ने गरेको छ।

अमेरिकी अधिकारीहरुले चीनको प्रयोगशालामा कोरोना बनेको भन्ने दाबी गरेका छन्। यसबीचमा चीनले अध्ययन गर्न पाउने बताएको हो। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .