त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जका डाक्टर, नर्स र अन्य स्वास्थ्यकर्मी लगायत १७० जनाको कोरोना परीक्षण गरिएको मध्ये ३१ जनाको रिपोर्ट आएकोमा सबैजनाको रिपोर्ट नेगेटिभ आएको छ।
‘३१ जनाको रिपोर्ट आएकोमा सबैको नेगेटिभ आएको छ। अरुको रिपोर्ट आउन बाँकी छ,’ त्रिवि शिक्षण अस्पतालका कोभिड–१९ व्यवस्थापन समितिको संयोजक डा. सन्तकुमार दासले नेपालखबरलाई बताए।
सो अस्पतालमा सुत्केरी गराइएकी महिला गत बिहीबार कोरोनाकै कारण मृत्यु भएको पुष्टि भएपछि उनको उपचारमा संलग्न सबैको स्वाब संकलन गरी परीक्षण गरिएको हो।
प्रतिक्रिया