हङकङ फर्किने नेपालीहरुको लागि हिमालय र नेपाल एयरलाइन्सले चार्टर्ड उडान गर्ने भएका छन्।
हङकङमा व्यवसाय तथा शैक्षिक संस्था खुलेसँगै लकडाउनको कारण नेपालमा रोकिएका हङकङबासी नेपाली फर्किनलागेका हुन्। तत्काल हजार बढी हङकङबासी नेपाली फर्कन चाहेको बताइएको छ।
‘हाम्रो पहिलो चार्टर्ड उडान मे २२ मा रहेको छ’, हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले नेपालखबरसँग भने, ‘६/७ वटा चार्टर्ड उडान गर्ने सहमति भएको छ।’
उनले कति नागरिक फर्किन चाहेको एकीन नभएकाले मागअनुसार चार्टर्ड उडान गर्ने बताए।
त्यस्तै नेपाल एयरलाइन्सले मे २४ मा पहिलो उडान गर्दै छ। ‘अहिलेलाई २४ मेको लागि बुकिङ भइसकेको छ’, नेपाल वायुसेवा निगमकी प्रवक्ता अर्चना खड्काले भनिन्, ‘अरु पनि उडान गर्ने कुरा छ तर बुकिङ भइसकेको छैन।’

प्रतिक्रिया