समाज


बल्खुका एक सुकुम्बासी बागमती नदीमा मृत फेला

बल्खुका एक सुकुम्बासी बागमती नदीमा मृत फेला

नेपालखबर
बैशाख १८, २०८३ शुक्रबार १६:३९, काठमाडौँ

काठमाडौँको बल्खु क्षेत्रमा एक व्यक्तिको शव फेला परेको छ। 

काठमाडौँ महानगरपालिका–१४ स्थित बागमती नदीको पुल क्षेउबाट प्रहरीले शुक्रबार ५५/५६ वर्षका ईन्द्रबहादुर राईको शव निकालेको हो।

उनी बल्खुको सुकुम्बासी बस्तीमा बस्दै आएको र २/३ दिनदेखि परिवारको सम्पर्कमा नरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए।

एसपी भट्टराईले भने, ‘उहाँ (ईन्द्रबहादुर)को परिवार बल्खुको सुकुम्बासी बस्तीमा बस्दै आएको थाह भएको छ। उहाँ २/३ तीनदेखि परिवारको सम्पर्कमा नरहेको भन्ने बुझिएको छ। थप अनुसन्धान हुँदैछ।’

बल्खु क्षेत्रको सुकुम्बासी बस्ती प्रहरीले डोजर लगाएर खाली गरेको छ।

सुकुम्बासी बस्तीमा डोजर चलेपछि उनले बागमती नदीमा हाम फालेर आत्महत्या गरेका स्थानीयले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad